बीमा समितिले सूचना प्रविधि अधिकृत नियुक्त गर्ने



काठमाडौँ । बीमा समितिले सूचना प्रविधि अधिकृत माग गरेको छ । समितिले करार सेवाका लागि २ जना सूचना प्रविधि अधिकृत नियुक्ति गर्ने भएको हो ।

समितिकाअनुसार कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तिण गरेका व्यक्तिले ७ दिन भित्रमा आवेदन दिन सक्ने छन् ।

सूचना प्रविधि अधिकृत करार सेवामा नियुक्तिका लागि रोस्टर तयार गर्न लागिएको समितिले जानकारी दिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सहितको निवेदन समितिको इमेल ठेगाना तथा समितिको कार्यालयमा पशे गर्न सक्ने समितिले बताएको छ ।


क्लिकमान्डु