राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको तरलता समाधानको उपाय खोज्न बैठक बोलायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानको लागि बैंकर्ससँग छलफल गर्ने भएको छ ।

राष्ट्र बैंकले भर्चुअल माध्यमबाट बैंकरसँग तरलता अभाव हटाउने विषयमा छलफल गर्न लागेको हो । बैंकहरुमा अहिले तरलता अभाव झनै चर्केको छ । आन्तरिक ऋण उठाउन थालेसँगै बैंकहरुमा तरलता अभाव झनै चर्केको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंकका सीइओ तथा विकास बैंक र फाइनान्स कम्पनी एशोसियनका अध्यक्ष सहित सरोकारवालासँग छलफल गर्न लागेको हो । सरकारले बजेटको मध्यावधी समिक्षा गरेपछि राष्ट्र बैंक मौद्रिक नीतिको मध्यावधी समिक्षा गर्ने तयारीमा छ ।


क्लिकमान्डु