सेञ्चुरी बैंकको ४ वटा प्रदेशका आधा दर्जन बढी शाखा बन्द



काठमाडौं । सेञ्चुरी बैंकका ७ वटा शाखा कार्यालय बन्द हुने भएका छन् ।

कोरोना महामारीका कारण बैैंककोे ४ वटा प्रदेशमा ७ वटा शाखा बन्द हुने भएका हुन् । बैंकका अनुसार बागमती प्रदेशको ४, प्रदेश १, गण्डकी प्रदेश र मधेश प्रदेशका १÷१ वटा गरी ७ वटा शाखा बन्द हुने भएका हुन् ।

बिहीबार एक दिन बागमती प्रदेशको काभ्रेको धुलिखेल, काठमाडौंको ठमेल, नुवाकोटको बेलकोटगढी र चितवनको नारायणगढ–२ शाखा बन्द हुने भएको छ ।

यस्तै प्रदेश १ स्थित संखुवासभाको खाँदबारी, गण्डकी प्रदेश स्थित लमजुङको बेशीशहर र मधेश प्रदेशको धनुषाको वीरेन्द्रबजार शखा बन्द हुने भएको छ ।

कोभिड–१९ का कारण जोखिमयुक्त परिस्थिति सृजना भएको भन्दै ७ वटा शाखा बैंकले बन्द गरेको छ ।


क्लिकमान्डु