नेशनल लाइफ इन्स्योरेन्सले २०% लाभांश दिने



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर रकमका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु