तोकिएको समयमा बीमा कम्पनीले सफ्टवेयरमा तथ्यांक खारेनन्, समितिले थप्यो समय



काठमाडौं । तोकिएको समयमा बीमा कम्पनीले सफ्टवेयरमा तथ्यांक राख्न नसक्दा बीमा समितिले समय थप गरेको छ ।

समितिले माघ सात गतेसम्म पुस महिनाको तथ्यांक अपलोड गरिसक्नु भनेर निर्देशन दिए पनि अझै कम्पनीहरुले तथ्याङ्क अपलोड गर्न नसकेका हुन् ।

समितिले पुस महिनाको मासिक तथ्यांक माघ सात गतेसम्म सफ्टवेयरमा राख्न कम्पनीहरुलाई निर्देशन दिएको थियो । तोकिएको समयमा अझै केही कम्पनीहरुले तथ्यांक राख्न नसक्दा समितिले समय थप गरिदिएको हो ।

कम्पनीहरुलाई निर्देशन जारी गर्दै तथ्यांक राख्ने समय भोलि(माघ १३)सम्म थप गरेको समितिले जानकारी दिएको छ ।

समितिले अझै पुस महिनाको मासिक तथ्यांक दिन सकेको छैन । कम्पनीहरुले सफ्टेवरमा तथ्यांक राख्न नसक्दा ढिलाइ भएको समितिको भनाइ छ ।

बीमा कम्पनीहरुका लागि यो पहिलो अभ्यास भएका कारणले सफ्टवेयरमा तथ्यांक राख्न ढिलाई भएको समितिले जानकारी दिएको छ ।

कम्पनीहरुका लागि नयाँ अभ्यास र सो सफ्वेयर परीक्षण कै क्रममा रहेकाले समयमा नै तथ्यांक आउन नसकेको समितिको जोडछ ।

समितिका अनुसार तथ्यांक राख्नका लागि भोलिसम्म समय थप गरिएकाले पुस महिनाको मासिक तथ्यांक आउनमा केही दिन लाग्ने छ ।

बीमा समितिले इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम(आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर संचालनमा ल्याएको थियो ।

आफ्ना काम कारवाहीलाई चुस्त, दुरूस्त एवंम पारदर्शी बनाउनका लागि भन्दै २०७८ साल साउन १ गतेदेखि नयाँ सफ्टवेयर संचालनमा ल्याएको थियो ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको कार्यालयमा नयाँ सफ्टवेयरको उद्घघाटन गरेका थिए ।

समितिका अनुसार बीमा कम्पनीहरूबाट कानूनी, उजुरी, नियमन, नीति विश्लेषण र परिपालन सम्बन्धी विषयका साथै दाबी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरणहरू, बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ्, वित्तीय एवं लेखापरीक्षण र सूचना प्रविधि सम्बन्धी विवरणहरू नयाँ सफ्टवेयरमार्फत समितिलाई प्राप्त हुनेछन् ।

सफ्टवेयरमार्फत बीमा कम्पनीहरूमा समितिबाट भएका स्थलगत सुपरीवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा र पुनर्बीमा सम्बन्धी विवरणहरूका साथै बीमा अभिकर्ता तथा सर्भेयर र व्यवस्था सूचना प्रणाली सम्बन्धी विवरणहरू समितिलाई प्राप्त हुने छ ।


क्लिकमान्डु