सबैभन्दा धेरै जनसंख्या मधेश र कम कर्णाली प्रदेशमा, बाग्मती प्रदेशमा जनसंख्या हिस्सा घट्यो



Multicolored vector illustration.

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार प्रदेशगत हिसाबमा सबैभन्दा धेरै जनसंख्या मधेश र सबैभन्दा कम जनसंख्या कर्णाली प्रदेशमा रहेको छ ।

विवरणअनुसार मधेश प्रदेशमा २०.९९ प्रतिशत र कर्णाली प्रदेशमा ५. १ प्रतिशत रहेको छ ।

मधेश प्रदेशमा ६१ लाख २६ हजार २ सय २८ जनसंख्या र कर्णाली प्रदेशमा २७ लाख ११ हजार २ सय ७० जनसंख्या रहेको छ ।

बाग्मती प्रदेशमा दोस्रो ठूलो जनसंख्या २०.८४ प्रतिशत रहेको छ । जुन गत २०६८ को जनगणनामा २०.८७ प्रतिशत थियो । यस प्रदेशमा ६० लाख ८४ हजार ४२ जनसंख्या रहेको छ ।

२०७८ मा जनसंख्याको आकारको हिसाबले तेश्रो, चौथो, पाँचौ र छैठौं क्रमशः लुम्बिनी, प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।

लुम्बिनीमा ५१ लाख २४ हजार २ सय २५, प्रदेश १ मा ४९ लाख ७२ हजार २१, सुदूरपश्चिममा २७ लाख ११ हजार २ सय ७० र गण्डकी प्रदेशमा २४ लाख ७९ हजार ७ सय ४५ जनसंख्या रहेको विभागले उल्लेख गरेको छ ।

गत जनगणनाको तुलनामा मधेश प्रदेश र लुम्बिनी प्रदेश बाहेक सबै प्रदेशको कुल जनसंख्यामा हिस्सा घटेको छ ।

गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ३.१६ प्रतिशतले जनसंख्या थप भएको छ ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशमा राष्ट्रिय औसत भन्दा बढीले, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय औसत भन्दा कम र बाग्मती प्रदेश र प्रदेश १ मा राष्ट्रिय औसतको हाराहारीमा जनसंख्या थप भएको देखिन्छ ।

प्रदेशगत रुपमा २०६८ देखि २०७८ को एक दशकको वार्षिक जनसंख्या वृद्धिदर र जनसंख्या परिवर्तन हेर्दा ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत र सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशतले वार्षिक जनसंख्या वृद्धि भएको देखिन्छ ।

दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १।२० प्रतिशत छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १।०० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ ।


क्लिकमान्डु