भिजिट भिसामा खाडी मुलुक जान लगाइएको रोक हट्यो, तर सरकारले राख्यो यी सर्त



काठमाडौं । सरकारले खाडीलगायतका मुलुकहरुमा भिजिट भिसामा भ्रमण गर्न लगाएको रोक हटाएको छ । तर केही सर्तहरु भने राखेको छ ।

कोरोना महामारीको संक्रमण बढ्दो रहेको अवस्थामा खाडी राष्ट्र तथा मलेसिया जान यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।

सरकारले सरकारी कामको सिलसिलामा भ्रमण गर्ने प्रतिनिधिहरु, अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, आयात-निर्यात गर्ने ववसायिक संस्थाका प्रतिनिधिहरु, खाडी मुलुकबाहेकका अन्य कम्तीमा २ राष्ट्रमा भ्रमण गरिसकेका व्यक्ति भने जान पाउनेछन् ।

त्यसैगरी न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भइ कम्तीमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरु पनि जान पाउनेछन् ।


क्लिकमान्डु