विदेशी ऋण ल्याउन प्रयोग हुने लिबोर खारेज, नयाँ बेन्चमार्क दर कायम



काठमाडौं । नेपाल राष्ट्र बैंकले लण्डन इन्टर बैंक अफ रेट(लिबोर)लाई खारेज गरेर नयाँ बेन्चमार्क तोकेको छ । विदेशी संस्थाबाट नेपालमा बैंक तथा वित्तीय संस्थाले ऋण ल्याउने क्रममा लिबोर दरलाई आधार मानेर ल्याउने गरेका थिए ।

राष्ट्र बैंकले आइतबार निर्देशिका जारी गर्दै लिबोर १.२५ प्रतिशतको सट्टामा वन एअर बेन्चमार्क १.७५ प्रतिशत हुने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलरमा ल्याउने ऋणको बेन्चमार्कको लागि सेक्युअर्ड ओभरनाइट फाइनान्सियल रेट(एसओएफआर) हुने जनाएको छ । राष्ट्र बैंकले विदेशी मुद्रामा ऋण भित्रने प्रमुख देशहरुको आधारमा दर रेट तोकिने नीति लिएको हो ।

यस्तै ब्रिटिस पाउन्डमा ल्याइने ऋणको लागि स्टर्लिङ इन्टर बैंक एभरेज रेट (एसओएनआइए), स्वीस फ्र्यान्ङमा आउने ऋणको लागि सीएचएफमा अंकित नयाँ ऋणका लागि स्विस एभरेज रेट ओभरनाइट (एसएआरओएन), जापानिज ऐन अर्थात जेपीवाइमा अंकित नयाँ ऋणको लागि टोकियो ओभरनाइट एभरेज रेट (टीओएनए) र युरोमा अंकित नयाँ ऋणका लागि युरो सर्ट टर्म रेट (इएसटीइआर) लागू हुने जनाएको छ ।

साबिकको ऋण(सम्झौतामा तारिख ३१ डिसेम्बर २०२१ पश्चात् लिबोर को सट्टामा पलब्याक प्रोभिज व्यवस्था नभई त्यस्तो ऋण युएसडीमा मा अंकित भई लिबोर बेन्चरमार्क ब्याजदर ओभर नाइट १,३६ वा १२ महिना अवधीको हकमा साविक बमोजिम हुने उल्लेख छ ।


क्लिकमान्डु