३ करोड चक्की सिटामोल उत्पादन हुँदैछ: औषधि विभाग



काठमाडौं । कोरोना महामारीको संक्रमण दर उच्च भइरहेका बेलामा बजारमा यतिबेला सिटामोल अभाव भएका समाचार आइरहेका छन् ।

यता औषधि विभागले भने औषधि उत्पादनका लागि पर्याप्त मात्रामा कच्चा पदार्थ रहेको र त्यसबाट ३ करोड चक्की उत्पादन गर्न सकिने दाबी गरेको छ ।

शुक्रबार विभागले उत्पादक र बिक्रेताकहाँ अनुगमन गरेको र कार्य निरन्तर भइरहेको दाबी गरेको छ ।


क्लिकमान्डु