महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउन नबिल बैंकले सहकार्य गर्ने



काठमाडौं । महिला उद्यमशीलता विकाशका लागी नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालबीच सहकार्य हुने भएको छ ।

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ ।

नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नबिल बैंकका सीइओ शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण र महिलाको आर्थिक विकाशको लागि सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे ।

कार्यक्रममा सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसीप फोरमलाई बैंक र महिला शक्ति विकाश केन्द्र नेपालबीच पुलको काम गरेको बताए । यो सम्झौताले महिलाको आर्थिक विकास संगसँगै देशको दिगो विकाशमा ठुलो टेवा पुर्याउने बताए ।

वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले सीएनआईले गरेको एउटा पहल भएको उनको भनाइ छ ।

सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ ।

सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको जनाएको छ ।


क्लिकमान्डु