सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।


बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ कायम भएकोमा शुक्रबार ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएकोमा शुक्रबार १० रुपैयाँले बढेर १३ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु