प्राइम बैंकको नाफा ८ प्रतिशतले घट्यो, सीडी रेसियो ९४.८३ प्रतिशत



काठमाडौं । प्राइम बैंकको नाफा करिब ८ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको ६ महिनाको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा नाफा ७.७३ प्रतिशतले घटेको हो ।

प्राइम बैंकले ६ महिनामा १ अर्ब ६७ करोड नाफा गरेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ८१ करोड नाफा गरेको थियो ।

बैंकको ब्याज आम्दानी घट्दा नाफा घटेको हो । बैंकले अघिल्लो वर्ष ६ महिनामा २ अर्ब ९१ करोड ब्याज आम्दानी गर्दा यो वर्ष २ अर्ब ७६ करोड मात्र गरेको छ ।

बैंकले पुस मसान्तसम्ममा १ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५४ अर्ब कर्जा दिएको छ । पुस मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९४.८३ प्रतिशत छ । यसले बैंकलाई निक्षेप संकलन गर्नको लागि दवाव दिएको छ ।

बैंकको खराब कर्जा अनुपात(एनपीएल) ०.७८ प्रतिशत छ । बेसरेट ८.९८ प्रतिशत छ । रिर्टन अन इक्विटी(आरओइ) १३.१४ प्रतिशत छ । अघिल्लो वर्ष आरओइ १६.१८ प्रतिशत थियो । पूँजीकोष अनुपात १२.९७ प्रतिशत छ ।


क्लिकमान्डु