सिभिल बैंकले ६ महिनामा १५० % ले नाफा बढायो, ६ महिनामा ५० करोड



काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफामा छलाङ मारेको छ । विगतमा न्यून नाफा गर्ने बैंकको सूचिमा रहने सिभिल बैंकले यो वर्ष ६ महिनामा १५० प्रतिशतले नाफा बढाएको छ ।

अघिल्लो वर्ष ६ महिनामा २० करोड नाफा गरेको सिभिल बैंकले यो वर्ष ६ महिनामा ५० करोड नाफा गरेको छ । अघिल्लो वर्ष ४.८३ रहेको बैंकको इपीएस यो वर्ष ११.६६ रहेको छ ।

बैंकले ६ महिनामा १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको ब्याज आम्दानी ९३ करोड थियो ।

बैंकले पुस मसान्तसम्म ९१ अर्ब ६९ करोड निक्षेप संकलन गरेर ८३ करोड कर्जा दिएको छ ।

बैंकले अघिल्लो वर्षको भन्दा खराब कर्जा अनुपात(एनपीएल) घटाउन सफल भएको छ । अघिल्लो वर्ष १.७० प्रतिशत रहेको एनपीएल ०.९४ प्रतिशत रहेको छ ।

कर्जा निक्षेप अनुपात ८८.८८ प्रतिशत रहेको सिभिल बैंकको बेसरेट भने अघिल्लो वर्षभन्दा बढेको छ । अघिल्लो वर्ष ८.४५ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.७४ प्रतिशत रहेको छ । बैंकले ३.०५ प्रतिशत स्प्रेडदरमा कायम राखेको छ ।


क्लिकमान्डु