प्रभु बैंकको नाफा १७% ले घट्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घटेर १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५३ करोड ६१ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैकको खुद व्याज आम्दानीमा केही सुधार देखिएपछि सञ्चालन मुनाफामा भने गिरावट देखिएको छ । जसका कारण बैंकको नाफा घटेको छ ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड ५० लाख रुपैयाँ रहेको छ । यस्तै गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६९ करोड ६० लाख २५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा गत आवको सोही अवधिमा २ अर्ब १४ करोड ६९ लाख ६२ हजार रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ८६ करोड ८१ लाख २० हजार रुपैयाँ रहेको छ ।

१२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८३ करोड ६ लाख ८२ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट घटेर १.२३ प्रतिशतले पुगेको भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५४ पैसा रहेको छ ।


क्लिकमान्डु