कोरोना संक्रमण बढेपछि सडकमा ४० प्रतिशतले घटे सवारी साधन (फोटोफिचर)



काठमाडौं । कोरोना भाइरसको संक्रमण दर उच्च भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक चाप घट्न थालेको छ ।

कोरोना संक्रमण भएपछि धेरै होम आइसोलेसन तथा कार्यालयहरुले ‘वर्क फ्रम होम’ लागू गरेपछि सडकमा सवारी साधनको चाप घटेको हो ।

सडकमा अहिले ४० प्रतिशत सवारी साधन सडकमा कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजिव शर्मा दासले बताए ।

उनकाअनुसार कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि पछिल्ला दिनहरूमा ट्राफिक जाममा कुनै समस्या भएको छ ।

त्यस्तै, उपत्यकाबाट बाहिर आवातजावत हुने सवारी साधनको चाप पनि घटेको उनको बताइ छ ।

‘दैनिक १२ देखि १३ हजारको हाराहारीमा आवतजावत हुन्थ्यो,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले दैनिक ८ हजारको हाराहारीमा आवतजावत भइरहेको छ ।’

उपत्यकाको सडकमा ४० प्रतिशत सवारी साधन सञ्चालन भएपनि सार्वजनिक यातायातमा भने यात्रुहरू कम हुँदै गएको छ । साथै, यातायातहरू कम मात्रामा गुड्न थालेको छ ।


क्लिकमान्डु