सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार १ हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ कायम भएकोमा बिहीबार ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु