काम नगर्ने ७ कम्पनी कालोसूचीमा
काठमाडौं । समयमै काम नगर्ने ७ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
कार्यालयले १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार गजराज बालन योगीको कम्पनी वालन बदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्स्लटेन्ट एन्डसप्लायर्स र निहाल गुरुङको कम्पनी ग्रीन टेक प्रोजेक्ट १ वर्षका लागि कालो सूचीमा परेका छन् ।
त्यसैगरी चेतबहादुर बुढाको कम्पनी एनएनसी निर्माण सेवा प्रालि, इमानुल्लाह फकिरको कम्पनी शाह निर्माण सेवालाई १ वर्ष र रञ्जन रायमाझीको कम्पनी आरोग्य कन्स्ट्रक्सन पनि ३ वर्षका लागि कालो सूचीमा परेका छन् ।
कार्यालयले विज्ञान कुमार अर्यालको कम्पनी डाइग्नोकेन्ट जय शम्भु जेभीलाई भने २ वर्षका लागि कालोसूचीमा राख्को छ ।