कोरोना रोकथामको विकल्प लकडाउन होइन: अर्थमन्त्री




काठमाडौं । अर्थन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताए ।

उनले मन्त्रिपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताए ।

मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणका लागि सुरक्षाका विधिहरु कडाईका साथ लागू गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए ।

उनले निजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको बताए ।

अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको पनि बताए । अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताए ।

अहिले आफूले नीतिगत परिर्वतन गर्न रोजेको भए पनि बिरोध भइरहेको अर्थमन्त्री शर्माले बताए । उनले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको बताए ।

अहिले नियोजित रुपमा बाहिर अर्थतन्त्र समाप्त भयो भनेर गतल प्रचार गरिएको प्रति मन्त्री शर्माले आपति जनाए । उनले केही विषयमा चिन्ता गर्नु पर्ने भए पनि आंतक मच्चाए जस्तो अवस्था नरहेको बताए ।

अर्थमन्त्री शर्माले सरकारले निजी क्षेत्रको हितभन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताए । उनले उहिल्यै सरकार निजी क्षेत्रको हितको लागि काम गरिरहेको बताए ।

मन्त्री शर्माले सरकारले निजी क्षेत्रको उद्योगहरुमा लगानी बढाउनको लागि स्रोत नचाँहिने नीति ल्याए पनि कालो धनलाई प्रोसाहन भएको भन्दै विरोध भएको बताए ।
उनले सरकारले कालो धनलाई प्राथमिता दिने उद्देश्यले लगानी गर्दा स्रोत नचाँहिने नीति नबनाएको बताउनु भयो । उहाँले सरकार र नीजी क्षेत्र दुबैले यो विषयमा प्रतिकार गर्नु जरुरी रहेको बताए ।

उनले अघिल्लो सरकारले बनाएको अर्थतन्त्रको नीतिको परिणाम यो सरकारले भोगी रहेको बताए ।

अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताउनु भयो । उनले सरकारले निजी क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताए ।

अहिले सरकारले विप्रेशण (रेमिटेन्स) सञ्चयकोष बनाउने गरी कार्यविधि बनाउँदै गरेको समेत बताए ।


क्लिकमान्डु