आबुधावी विमानस्थलमा ड्रोन आक्रमण, तीन जनाको ज्यान गयो



एजेन्सी । युनाइटेड अरब इमिरेट्सको आबुधावी विमानस्थलमा ड्रोन आक्रमण भएको छ । जसमा ३ जनाको ज्यान गएको छ । जसमध्ये २ जना भारतीय नागरिक छन् ।

यमनका हुती बिद्रोहीहरुले आक्रमणको जिम्मेवारी लिएका छन् । आबुधावी प्रहरीका अनुसार मुसाफा इन्डिस्ट्रियल क्षेत्रमा ३ तेलका ट्यांकरमा आक्रमण भएको थियो । आक्रमणपछि विमानस्थलको निर्माणमा क्षेत्रमा आगो लागेको थियो ।


क्लिकमान्डु