सिटिजन्स बैंकको शाखा आफ्नै भवनमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले विद्यापती चोक जनकपुरुमा रहेको शाखा आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराजपोखरेलले उद्घाटन गरेका छन् । हाल धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–४ मा संचालनमा रहेको विद्यापतीचोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्त्ररण भएको छ ।

यस शाखाबाट ग्राहकहरूलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टर समेत सुरुवात गरिएको छ । साथै यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा पाउने छन् ।

साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकको रहेको छ । सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लगायतकावित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमाग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशैभरी रहेका १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईबाट सेवा प्रवाह गर्दै आएको छ ।


क्लिकमान्डु