फेसबुकमाथि ४.४ करोड ग्राहकको तथ्यांक गलत तरिकाले प्रयोग गरेको आरोप



काठमाडौं । सामाजिक सञ्जाल फेसबुक (मेटा)माथि ग्राहकको तथ्यांकको गलत प्रयोग गरेको आरोप लागेको छ । फेसबुकमाथि ४.४ करोड ग्राहकको तथ्यांकलाई गलत तरिकाले प्रयोग गरेको आरोप लागेको हो ।

कम्पनीले प्रयोगकर्तालाई गलत शर्त राखेको र उनीहरुका निजी जानकारीहरु सेयर गरेर अर्बौ डलर नाफा कमाएको आरोप फेसबुकमाथि लागेको हो ।

यसै विषयलाई लिएर कम्पनीका विरुद्ध ३२० करोड डलर बराबरको क्लास एक्सन ल सुट दर्ता गरिएको छ । बेलायतको फाइनान्सियल कन्डक्ट अथ्योरिटी (एफसीए)का वरिष्ठ सल्लाहकार लिजा लवडाल गोर्मसनले सन् २०१५ देखि २०१९ का बीचमा फेसबुक प्रयोग गरेका प्रयोगकर्ताका तर्फबाट उजुरी गर्दा गरेको बताए ।


क्लिकमान्डु