पशुपतिनाथ परिसरमा बतासले सञ्चालन गरेको होटलले सञ्चालनको अनुमति लिएको छैनः मन्त्री आले



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमति नलिइकनै काम गरेको पाइएको बताएका छन् ।

आइतबार बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको अनुगमनपछि मन्त्री ओलेले धर्मशालालाई व्यापार गर्नका लागि लगाउँदा ाएउटै कोठाको ११ हजार रुपैयाँसम्म परेको बताए ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय कामहरु पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको बताउ । उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए ।

‘अनुगमन गरियो, कतिपय कोठाहरु प्राइभेटलाई दिइएको रहेछ । त्यो दिनै नमिल्ने कामहरु भएको रहेछ । कतिपय पशुपति क्षेत्रविकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरु पनि नगरिएको देखियो । सबैभन्दा पहिलो त यो टेण्टर निकाल्ने बेला पनि पशुपति क्षेत्रविकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन हुनुपर्दो रहेछ । त्यो समेत नभएको, थुप्रै त्यस्ता कामहरु देखिएका छन् । भोलि हाम्रो प्रतिवेदन आउँछ, त्यसपछि त्यही आधारमा हामी अघि बढ्छौँ,’ उनले भने ।

पर्यटनमन्त्री आलेले भोलि (सोमबार) छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा अघि बढ्ने बताए ।


क्लिकमान्डु