अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ मा मतदान रोकियो

406
Shares

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान रोकिएको छ ।

मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो ।

मतदान अधिकृतको अनिवार्य हस्ताक्षर बिना वितरण गरिएको मतपत्र भेटिएपछि दलका प्रतिनिधि र मतदानस्थलमा रहेका सरोकारवालाहरूले आपत्ति जनाएका थिए ।

त्यसपछि मतदान प्रक्रिया रोकिएको जनाइएको छ ।