हिमालयन बैंकले मर्जर भाँडेपछि इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । यही माघ ४ गतेका लागि डाकिएको विशेष साधारणसभा रद्द गरिएको बैंकले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

पुस ३० गते सम्पन्न हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्तावलाई अस्वीकृत गरेपछि माघ १ गते बसेको इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा रद्द गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु