यी हुन् ६ महिनामा धेरै कर बुझाउने १० कम्पनी



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी कर बुझाउने शीर्ष १० कम्पनीमा ५ वटा वाणिज्य बैंक परेका छन् ।

त्यसैगरी २ टेलिकम कम्पनीसँगै विद्युत प्राधिकरण पनि शीर्ष १० मा परेका छन् । यता उत्पादनमुलक उद्योगहरु सूर्या नेपाल र गोर्खा ब्रुअरी पनि उर्त सूचीमा समावेश भएका छन् ।

आयकरको पहिलो किस्ता बुझाउँदा तीन कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी कर तिरेका छन् । सूर्य नेपाल प्रालि, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेडले १ अर्ब रुपैयाँभन्दाबढी कर तिरेका छन् ।

पुस मसान्तमा आयकरको ४० प्रतिशत, चैत मसान्तमा ३० प्रतिशत र असार मसान्तमा पनि ३० प्रतिशत बुझाउनु पर्ने कानूनी व्यवस्था छ । कम्पनीले वर्षभरमा हुने अनुमानित आय विवरण तयार गरी वार्षिक नाफाको अनुमानित रकम निकाल्ने गर्छन् ।

उक्त अनुमानित नाफामा लाग्ने आयकर दायित्वको ४० प्रतिशत रकम पुस मसान्तमा बुझाउने गर्छ । यदि कोरोना महामारीले आर्थिक गतिविधिमा गिरावट आय व्यवसायीको अनुमानित नाफा घट्ने र त्यसले आयकरको दायित्व पनि घटाउने छ । र, चैत अनि असारमा लक्ष्यभन्दा कम कर पनि उठ्छ सक्छ ।

नेपालमा धेरै आयकर बुझाउनेमा बैंक वित्तीय संस्थाको संख्या धेरै छ । यो वर्ष धेरै कर बुझाउने उत्कृष्ट १० कम्पनीको सूचीमा दुई निजी कम्पनी र ५ वाणिज्य बैंक रहेका छन् ।

यस्तै दुई दुरसञ्चार कम्पनी पनि धेरै कर तिर्ने द्रोस्रो र तेस्रो नम्बरमा छन् । यो वर्ष सरकारी दुरसञ्चार कम्पनी नेपाल टेलिकमले निजी क्षेत्रको कम्पनी एनसेलभन्दा धेरै कर तिरेको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि सूर्या नेपाल धेरै कर तिर्ने कम्पनीको शीर्ष स्थानमा छ । ३ सरकारी कम्पनी पनि धेरै कर तिर्ने १० कम्पनीको सूचीभित्र अटाएका छन् ।


क्लिकमान्डु