नेपाल चेम्वर अफ कमर्सद्वारा अफगानिस्तानका जनताका लागि राहत सामाग्री सहयोग



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले अफगानिस्तानका जनताका लागि मानवीय सहयोग स्वरुप राहत सामग्री दिएको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाइ हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाइ अवसर प्रदान गरेकोमा मन्त्रीलाई आभार व्यक्त गरेका छन् । त्यसैगरी मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग कार्यमा सघाउ पु¥याएकोमा चेम्बरलाई धन्यबाद दिएका छन् ।


क्लिकमान्डु