चार्टर्ड उडानमा भएको अनियमितता छानबिन गर्न मन्त्री आलेले गठन गरे छानिबिन समिति



काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले कोरोना महामारीको समयमा भएको चार्टर्ड उडानमा भएको अनियमितताका सम्बन्धमा छानबिन समिति गठन गरेका छन् ।

मन्त्रालयका अनुसार समितिको संयोजकमा मन्त्रालयका सह–सचिव होमप्रसाद लुइटेल छन् भने सदस्यमा २ जना मन्त्रालयका उपसचिव टेकनारायण पौडेल र नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् ।

समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

यसअघि मन्त्री प्रेम आलेले पशुपति क्षेत्र परिसरमा बतास समूहले होटल सञ्चालन गरेको सम्बन्धमा पनि ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

सोमबार गठन गरिएको उक्त छानबिन समितिलाई ७ दिनको दिइएको छ ।

नेपाल–भारत मैत्री धर्मशालामा होटल सञ्चालन गर्दै आएको बतास समूहका विषयमा समितिले छानबिन गर्नेछ ।


क्लिकमान्डु