विद्युतीय कारोबार बढ्दै, मंसिरमा क्यूआरबाट सवा ६ अर्ब र वालेटबाट साढे १५ अर्ब भुक्तानी



काठमाडौं । विद्युतीय माध्यमबाट हुने भुक्तानीको रकम बढ्दै गएको तथ्यांकहरुले देखाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा हालसम्मकै सबैभन्दा धेरै क्यूआर कोडमार्फत् ६ अर्ब २८ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ । जबकी यो रकम यसभन्दा अघि एकै महिनामा सबैभन्दा धेरै असोजमा ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ थियो ।

यता वालेटबाट हुने भुक्तानीको रकम पनि साढे १५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । तथ्यांक अनुसार मंसिर महिनामा मात्रै वालेटबाट १५ अर्ब ५२ करोड ८० लाख रुपैयाँ बराबरको रकम भुक्तानी भएको छ ।

साथै, मोबाइल बैंकिङबाट हुने भुक्तानीमा मंसिर महिनामा हालसम्मकै सबैभन्दा धेरै ८८ अर्ब ५३ करोड १० लाख रुपैयाँ भुक्तामनी भएको छ भने कनेक्ट आइपीएसबाट २ खर्ब २८ अर्ब ४५ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ ।

मंसिर महिनामा इकमर्श प्लेटफर्महरुले ३५ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् ।


क्लिकमान्डु