कारोबार रकम घट्दा पनि सेयर बजारमा उछाल



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबारको सुरुदेखि सामान्य उतार चढाबकाबिच बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार बढेपनि कारोबार रकम भने घटेको छ ।

बजार मापन गर्ने सूचक ५४.१२ अंकले बढेर परिसूचक २८५७.७५ बिन्दुमा रोकिएको छ । लगानीकर्ताको २८५० बिन्दुको मनोविज्ञान पार गरेको छ । २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार सेयर बजारमा को कारोबारमा यो दिनको कारोबारमा अन्य बाहेक सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ ९.८७, विकास बैंक १४७.६५, फाइनान्स कम्पनी ९२.५९, जलविद्युत १५८.४७, जीवन बीमा ३४९.६१, माइक्रोफाइनान्स १७४.३४, निर्जीबन बीमा समूहको उपसूचक २८८.५६ अंकले बढेको छ ।

यो दिनको कारोबारमा नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले बढेर १११० रुपैयाँ पुगेको छ । नेपाल बंगलादेश बैंकको भने प्रतिकित्ता १ रुपैयाँले घटेर ३९९ रुपैयाँ रहेको छ । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई एक्विजेशन गर्नका लागि एमओयू गर्ने भएको छ । बिहीबार (आज) ५ बजे नबिल बैंकमा एनबी बैंक एक्विजेशनका लागि सम्झौतामा हस्ताक्षर हुने स्रोतले जानकारी दिएको छ । सम्झौता भएमा आइतबारदेखि दुवै बैंकको सेयर कारोबार रोक्का हुनेछ ।


क्लिकमान्डु