ज्योति परिवारको सम्पत्तिको विवाद अदालतमा, सौरभ ज्योतिले काका विरुद्ध मुद्दा हाले



काठमाडौं । नेपालको पुरानो व्यवसायिक घराना ज्योति परिवारबीचको सम्पत्तिको विवाद अदालतमा पुगेको छ । ज्योति ग्रुपको सम्पत्तिको विवाद प्रहरी हुँदै अदालत पुगेको हो । पारिवारिक वकिल र मध्यस्तकर्ताले विवाद मिलाउन नसकेपछि ज्योति परिवारको सम्पत्ति विवाद अदालत पुगेको हो ।

मणिहर्ष ज्योतिले स्थापना गरेको व्यवसायिक घराना ज्योति परिवार अहिले तेस्रो पुस्तामा छ । तेस्रो पुस्तामा आइपुग्दा सम्पत्तिको विवाद बढेको हो ।
पद्म ज्योतिका छोरा सौरभ ज्योति आफ्नो समेत लगानी रहेको कम्पनी विरुद्ध अदातमा पुगेका हुन् ।

सौरभ ज्योतिले आफ्ना काका अध्यक्ष रहेका कम्पनीहरु ज्यौती एण्ड कम्पनी प्रालि, न्जिनियरिंग एण्ड सेल्स लि, भाजुरत्न फर्मा प्रा.लि, हिमाल एण्ड कम्पनी प्रालि , स्यामुकापु एण्ड कम्पनी प्रालि,ज्यौति यार्न प्रोसेसिंग कम्पनी भाजुरत्न कम्पनी प्रा.लि.समेत म्यानेजमेन्ट सर्भिसेज प्रालि र स्याकर कम्पनी प्रालि विरुद्ध पाटन उच्च अदालतमा शुक्रबार उपयुक्त आदेश जारी गरी पाउ भनेर मुद्दा दर्ता गरेका छन् । यि सबै कम्पनीमा सौरभका काका अध्यक्षपछि पद्म र रुप ज्योतिको परिवारबीच विवाद भएको थियो । पद्म ज्योति अध्यक्ष रहेको कम्पनीबाट भाई रुप ज्योतिले एकलौटी रुपमा हटाएको भन्दै पद्म ज्योतिको परिवारले मानेको छैन ।

रुप ज्योतिले भने आफ्ना भतिजा बाराको जग्गा एकलौटी रुपमा बिक्री गरेको भन्दै आफ्नो सम्पत्ति हडपेको आरोप लगाएको छ ।


गतवर्ष असारमा डा. रुप ज्योतिले दाई पद्म ज्योतिका छोराहरु शौरभ र शुहृत ज्योतिले आफ्नो सम्पत्ति हत्याएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन पुगेका थिए । प्रहरीले त्यो बेला उजुरी भने लिन मानेको थियो । पारिवारिक सम्पत्तिको विवादमा प्रहरीले केही गर्न नसक्ने भएपछि ज्योति परिवारको विवाद अदालतमा पुगेको हो ।

प्रहरीम उजुरी दिएको केही समयपछि डा रुप ज्योति ज्योति ग्रुपको अध्यक्ष भएको भन्दै बधाई दिएर ज्योति ग्रुपको लगानी रहेको कम्पनीले पत्रिकामा विज्ञापन समेत छपाएको थियो । ज्योति ग्रुपको अध्यक्ष डा रुप ज्योति रहेको अहिलेसम्म ग्रुपलाई अध्यक्ष बनाउनको लागि पद्म ज्योतिले भूमिका निर्वाह गरेकोमा बधाई समेत दिएको थियो ।

अहिले सौरभ ज्योति ग्रुपको अध्यक्ष भएर डा रुपलाई बधाई दिएका कम्पनी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गर्न पुगेको हुन् । त्यो बेला डा रुप ज्योतिलाई प्रकाउ गर्न मुद्दा दिएका विजेन्द्र जोशीले आफूले पद्म ज्योतिलाई सम्मान गर्ने तर,भाई रुप ज्योतिको कारण आफूले पाउनुपर्ने जग्गा नपाएको मिडियामा बताएका थिए ।

दुईभाईसँग निकट रहेका एक व्यवसायीले डा रुप ज्योति प्रकाउपछि भतिजाहरुसँग डा ज्योतिको विवाद निकै बढेको थियो ।


डा रुप ज्योति ठगी मुद्दामा प्रकाउ गरेपछि परिवारभित्र सम्पत्तिको विवाद बढ्दै गएको हो । रुप ज्योतिको ठगी मुद्दा भने पछि फिर्ता भएको थियो । त्यो बेला प्रकाउ गर्नु नै नपर्ने केसमा प्रहरीले रुप ज्योतिलाई प्रकाउ गरेको थियो । डा. रुप ज्योतिले पद्म ज्योतिका कान्छा छोरा शुहृद ज्योतिलाई दोस्रो आरोप लगाएका छन् । आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीबाट बिक्री हुने ट्याक्टरको डिलर शुहृतले भाजुरत्न प्रालि नामक कम्पनी खोलेर खोसेको रुप ज्योतिको आरोप छ ।

रुप ज्योतिले दाई पद्म र भतिजाहरु सौरभ र शुहृतले आफ्नो नाममा भएको पारिवारिक सम्पत्ति हडपेको आरोप लगाएका छन् ।

पद्म ज्योति र रुप ज्योतिका बुवा मणिहर्ष ज्योतिले खोलेको ज्योति ग्रुपमा अहिले पद्म ज्योतिको परिवारले होण्डा तथा रुप ज्योतिको परिवारले हिरो मोटरसाइकलको बिक्री गर्छ । यसबाहेक हिमाल स्टिल र ग्यासको स्वामित्व रुप ज्योतिसँग छ ।


क्लिकमान्डु