नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा ठाकुर नियुक्त



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् ।

महानिर्देशक राजकुमार क्षेत्रीको ५८ वर्षे उमेरहदका कारण सेवा अवधि सकिएपछि ठाकुरलाई निमित्त महानिर्देशक बनाइएको हो ।

यता राजकुमार क्षेत्रीले भने महानिर्देशकको कार्याकाल ४ वर्षको हुने भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जसमा सर्वोच्च अदालतले गत शुक्रबार नै अल्पकालिन अन्तरिक आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ ।


क्लिकमान्डु