कोरोना महामारीका बीच सन् २०२१ मा भित्रिए १ लाख ५० हजार पर्यटक



काठमाडौं । कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालको पर्यटन क्षेत्रमा सन् २०२१ मा १ लाख ५० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी भारतबाट ६४ हजार ६७३ जना पर्यटक नेपाल आएका छन् भने दोस्रो स्थानमा अमेरिकाबाट २२ हजार ८५३ जना पर्यटन नेपाल आएका छन् ।

त्यसैगरी बेलायतबाट ८ हजार ६८० जना, चीनबाट ६ हजार १९६ जना पर्यटन नेपाल आएका छन् ।


क्लिकमान्डु