सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको भटौलियामा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासीको बर्दघाट नगरपालिका, भटौलिया बजारमा ९०औं शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । सेवा संचालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

बैंकले १७४ वटा शाखा कार्यालय, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ्ग इकाइबाट करिव १२ लाख ८० हजार ग्राहकलाई सेवा प्रदान गर्दैै आएको छ ।


क्लिकमान्डु