भारतीय रुपैयाँमा एलसी खोल्न कडाइ, अब ३ करोडमाथिको वस्तु आयात गर्दा एलसी खोल्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँमा खालिने एलसीको सीमामा कडाइ गरेको छ । भारतीय रुपैयाँमा खोलिने एलसीको सीमा यसअघि ५ करोड रुपैयाँ रहेको थियो ।
शुक्रबार नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै भारतीय रुपैयाँमा खोलिने एलसीको सीमा ३ करोड रुपैयाँ कायम गरेको हो । जसअनुसार अब ३ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गर्दा अनिवार्यरुपमले प्रतीत पत्रमार्फत् गर्नुपर्नेछ ।
साथै, यसरी प्रतीत पत्र, ड्राफ्ट वा टीटीको माध्यमबाट सामान आयात गर्दा प्रचलित व्यवस्था बमोजिम २ वा १० प्रतिशत धरौटी लिनुपर्नेछ र सो रकमबाट भन्सार महसुल बुझाउने प्रयोजनका लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउन सकिनेछ । तर विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्रै भन्सार राजश्व लिने व्यवस्था भएका भन्सार कार्याल्यहरुमार्फत् हुने आयातको हकमा चेक जारी गर्न पाइने छैन ।