३ करोड भारुभन्दा बढीको आयात अनिवार्य रुपले एलसी मार्फत गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोड भारतीय रुपैयाँभन्दा बढीको आयात गर्दा अनिवार्य रुपले एलसीबाट गर्नुपर्ने व्यवस्था गरेको छ ।

शुक्रबार एकीकृत निर्देशिकामा संसोधन गर्दै राष्ट्र बैंकले ३ करोडभन्दा बढीको सामान आयात एलसी मार्फत अनिवार्य गरेको हो ।

विद्युतीय प्रणाली लागू नभएका भन्सारमा आयातकर्ता चेक पाएपनि विद्युतीय प्रणाली लागू भएका चेक पाउने छैनन् ।

धरौटी रकम भने राख्नुपर्ने हुन्छ । सेवा शुल्क भुक्तानीको लागि ३ लाखसम्म दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


क्लिकमान्डु