नेप्से ६९.७७ अंकले घट्दा पनि २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । आइतबार भारी अंकले बढेको नेप्से परिसूचक सोमबार सोही प्रकारले ओरालो लागेको छ । सोमबारको कारोबारमा नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६६ अंकमा सीमित भएको छ ।

यो दिनको कारोबारमा अघिल्लो दिनको तुलनामा कारोबार संख्या र रकम दुबैमा सामान्य वृद्धि भएको छ । यो दिन १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा जम्मा २७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, २०० वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यो दिनको कारोबारमा गोर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यता उपसमूहमा भने सबैमा रातो पोतिएको छ । आइतबार बीमा कम्पनीको सेयर मूल्यमा उछाल आए पनि सोमबार भने त्यसले निरन्तरता पाउन सकेको छैन् ।


क्लिकमान्डु