मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

यस पुस महिनामा बैंकले कोटीहवा स्थित पशुपती स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी बैंकले सुन्वाल-११, जारगह स्थित नेपाल प्रहरी युक्ति टे«निङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

उक्त कार्यत्रमहरुमा बैंकिङ्ग सेवा सुविधा , डिजिटल बैंकिङ्ग प्रविधि, बचत खाता लगायत बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्लिकमान्डु