राष्ट्रिय बीमा कम्पनीको सीइओका लागि ५ जना सर्ट लिष्टमा परे



काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बन्नका लागि आवेदक दिएकामध्ये ५ जना सर्ट लिष्टमा परेका छन् ।

कम्पनीको पदपूर्ति सिफारिस उपसमितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

कम्पनीको पदपुर्ति समितिले मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो ।

कम्पनीको सीइओ बन्नका लागि ११ जनाले आवेदन दिएका थिए । तीमध्ये शैक्षिक योग्यता, कार्यानुभव र व्यवसायिक कार्ययोजना मूल्याङ्कन योजनाबाट प्राप्त गरेको कुल योगफलको आधारमा उच्च अंक प्राप्त गरेकाको नाम सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

उक्त सर्टलिष्टको पहिलो नम्बरमा टोखा नगरपालिका– ११ काठमाडौँका तोयराज अधिकारी परेका छन् ।

दोस्रो नम्बरमा काठमाडौँ महानगरपालिका– १६ पकनाजोलका बुद्ध काजी श्रेष्ठ, तेस्रो नम्बरमा टोखा नगरपालिका, ७ काठमाडौँका रामबहादुर खड्का र चौथो नम्बरमा चन्द्रागिरी नगरपालिका, १४ काठमाडौँका सुरेन्द्र थापा परेका छन् ।

त्यस्तै, पाँचौ नम्बरमा गौरीगंजगा पालिका, ६ झापाका शेखर बराल परेका छन् ।

सर्तलिष्टमा परेका ५ जना उम्मेद्धवारलाई व्यवसायिक कार्य योजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताको लागि मिति, समय र स्थान पछि निर्धारण गरिने कम्पनीले बताएको छ ।


क्लिकमान्डु