देवयानी राणा भारतको १०० महत्वपूर्ण ‘व्यवसायिक’ व्यक्तिको सूचीमा



काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलामा आवद्ध रहेकी देवयानी राणा भारतका १०० महत्वपूर्ण व्यवसायिक व्यक्तिको सूचीमा परेकी छिन् ।

भारतको ‘रेपुटेसन टुडे’ले सार्वजनिक गरेको भारतका सय जना उत्कृष्ट व्यवसायिक व्यक्तिको सूचीमा देवयानीका नाम समावेश गरेको छ।

उनी उक्त सूचीको ४६औैं स्थानमा छिन् । देवयानी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको भारत तथा दक्ष्णि पश्चिम एसियाका लागि जानसम्पर्क, सञ्चार एवं दीगोविकास मामिला हेर्ने उपध्यक्ष हुन् ।

देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शंशेर राणाकी छोरी हुन् । पुर्वयुवराज दीपेन्द्रसँग प्रेम सम्बन्ध रहेको भनेर चर्चित राणा २०५८ को दरबार हत्याकाण्डपछि अझ बढी चर्चामा आएकी थिइन् ।

राजपरिवारले देवयानीलाई स्वीकार नगरेपछि युवराज दीपेन्द्रले दरबार हत्यकाण्ड मच्चाएको तत्कालीन अध्ययन समितिले बताएको थियो ।

‘रेपुटेसन टुडे’को पहिलो नम्बरमा रिलायन्स इन्ड्रष्ट्रिजका रोहित बन्साल रहेका छन् ।


क्लिकमान्डु