नाडाको महासचिवमा सुरेन्द्रकुमार उप्रेती चयन मिलनबाबु श्रेष्ठ कोषाध्यक्षमा



काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले पदाधिकारी चयन गरेको छ ।

नाडाको विधान अनुसार कार्यसमितिले अध्यक्ष बाहेकको पदाधिकारी चयन गर्ने व्यवस्था छ । बुधबार बसेको नाडाको कार्यसमिति बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेतीलाई चयन गरेको हो । यस्तै कोषाध्यक्षमा मिलनबाबु श्रेष्ठ चयन भएका छन् ।

उपाध्यक्ष पदमा राजनबाबु श्रेष्ठ निर्वाचित भए । अर्को उपाध्यक्षमा सुनिल रिजाल र निराकर श्रेष्ठको समान मत आएपछि दुवैले एक वर्ष उपाध्यक्ष रहने गरेर कार्यकाल बाड्ने सहमति गरे ।

त्यस्तै प्रदेशतर्फको उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । सचिव पदमा भने विक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएको नाडाले जनाएको छ ।

साथै बैठकले आज ३ नयाँ सदस्य मनोनित समेत गरेको छ । मनोनित हुने नयाँ सदस्यहरुमा टीभिएस बाइकका वितरक जगदम्बा मोर्टसका उपाध्यक्ष दिपक अग्रवाल, बजाज बाइकका वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र होन्डा मोटरसाइकलको वितरक स्याकार ट्रेडिङ कम्पनीका महाप्रवन्धक सोहन श्रेष्ठ रहेका छन् ।

नाडा अध्यक्ष ध्रुव थापाले सबैको साथ र सहयोगबाट अगाडि बढ्ने जानकारी दिए ।


क्लिकमान्डु