कान्तिपुरले एपेक्स कलेज किन्यो



काठमाडौं । कान्तिपुर मिडिया गु्रप (केएमजी) ले एपेक्स कलेजको बहुमत सेयर किनेको छ । केएमजीले जारी गरेको विज्ञप्तीमा एपेक्स कलेजमा लगानी गरेको उल्लेख गरेको छ ।

सन् २००० देखि सञ्चालित एपेक्स कलेजमा ३२ जना पूर्णकालिन प्राध्यापक एवम् ३८ जना व्यवस्थापकीय कर्मचारीसहितको टिम छ ।

अघिल्लो सातामात्र केएमजीको भगिनी कम्पनी एमएनएस नेक्स्ट भेञ्चर कोर्पले यससँग एक सम्झौता गरी एपेक्स कलेज स्टार्टअप सेन्टर बनाउन १ करोड रुपैयाँको कोष खडा गर्ने निर्णय लिएको छ ।

यो धनराशी यस कलेजका विद्यार्थी एवम् पूर्वविद्यार्थीहरुको नवीन सोचमा आधारित परियोजनालाई सघाउन उपयोग गरिनेछ ।

एपेक्सबाट दीक्षित विद्यार्थीलाई प्रतिष्ठित उद्योग–प्रतिष्ठानहरुले प्राथमिकताका साथ रोजगारीमा लिने प्रबन्ध मिलाउन यसबीचमा छुट्टै समझदारी–पत्रहरुमा पनि हस्ताक्षर गरिदैछ ।

एपेक्सका उत्कृष्ट विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानआर्जनका निम्ति पेड इन्टर्नसीपमा पठाउने तथा त्यहींबाट नियमित काममा राख्न सकिने व्यवस्थासमेत मिलाइदैछ ।


क्लिकमान्डु