दुबईको घर बेच्न नेपालको सोल्टी होटलमा मेला



काठमाडौं । दुबईको घर बेच्न नेपालको सोल्टी होटलमा मेला हुने भएको छ । ‘बिग पकेट रियल स्टेट’ले नेपालमा आगामी डिसेम्बर २५ गतेदेखि २६ गतेसम्ममा मेला गर्ने भएको हो ।

कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमा गर्दै दुबईको घर बिक्री गर्न काठमाडौंको पाँच तारे होटल सोल्टीमा मेला गर्ने भएको जनाएको छ ।
कम्पनीले निजी लगन बिचसहितको लक्जरिय अपार्टमेन्ट, डाउनटाउन भिउज, क्रिस्टल लगोन्स्लगायत अन्य विभिन्न सुविधा भएको घरहरू बिक्री गर्न मेला गर्ने भएको हो ।

कम्पनीकाअनुसार दुबईमा खरिद गर्न चाहने व्यक्तिहरूका लागि शुरुवाती मूल्य १ करोड ५ लाख रुपैयाँ ताकेको छ । जसमा मल्टिपल डेभलपरहरूले बनाएको घर बिक्री गर्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले उक्त घरहरू बुर्ज खलिफा र दुबई मलभन्दा ५ मिनेटको दुरीमा घर उपलब्ध रहेको जनाएको छ । साथै, विश्वका सबैभन्दा ठूलो मल ‘मेइदन वान’बाट र विश्वको आइस इन्कबाट २ मिनेटको हिँडेर पुग्ने दुरीमा घरहरूको व्यवस्था रहेको कम्पनीको भनाइ छ ।

त्यसैगरी, पाम जुमेरा, फुर्कन क्षेत्रमा घरहरू उपलब्ध रहेको सुचनामा उल्लेख छ । कम्पनीले रेसिडेन्सी पर्मिटका लागि सिल्भर र गोल्डेन भिसाको अवसर दिने, विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउने भनिएको छ । साथै, निजी समुन्द्रको व्यवस्था, सजिलो भुक्तानी गर्न सक्ने र ८० प्रतिशत बैंकबाट लगानी गर्न सक्ने व्यवस्था हुने कम्पनीले जनाएको छ ।

दुबईको घर बिक्रीको लागि नेपालमा मेला हुन लागेको यो पहिलो पटक भने होइन । विगतमा पनि यस्तै मेलाहरु ५ तारे होटलमा हुने गरेका थिए । खासपछि पछिल्लो समय पैसा कमाएकाहरुले दुबईमा घर किन्ने गरेका छन् ।

तर, नेपालमा भने यो नियम विपरित रहेको जानकारहरू बताउँछन् । नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्ध छ । राष्ट्र बैंकका सुचना अधिकारी नारायन प्रसाद पोखरेलले नेपालीले विदेशमा घरजग्गा किन्न नपाइने बताए ।

उनकाअनुसार नेपालीले बाहिर पैसा लगेर सम्पत्ति जोड्न नपाउने व्यवस्था भएकाले नेपालबाट कुनै पनि स्वीकृति हँुदैन । नेपालमा यो वर्ष मात्रै होइन विगतको दिनमा पनि विभिन्न देशबाट विदेशमा रहेको घरहरू बिक्री गर्नका लागि मेला गरेको थियो । तर, मेला गरे पनि नेपालीले भने घर खरिद गर्न नपाउने उनको भनाइ छ ।

‘विदेशी कम्पनीले नेपालमा मेला गर्नेमा राष्ट्र बैंकले कुनै विरोध गर्नुपर्ने आवश्यक छैन,’ उनले क्लिकमाण्डू भने । त्यस्तै, विदेशमा रहेका एनआरएनहरू नेपालमा आएर बसेका हुनाले उनीहरूले खरिद गर्न सक्ने भएकाले नेपालमा मेला गरेको उनको बुझाइ छ ।

तर, नेपाली नागरिकले भने नीति नियममा स्पष्ट रुपमा उल्लेख गरेको हुनाले दुबईमा घर किन्न चाहेमा स्वीकृति नपाउने उनको भनाइ छ ।

विदेशमा हुँदा कमाएको पैसा विदेशमा बसुन्जेल प्रयोगका सम्पत्ति जोड्न पाइने व्यवस्था छ । तर, नेपाल फर्किएको एक महिनाभित्र बेचेर ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।


क्लिकमान्डु