महालक्ष्मी विकास बैंकको २०औं साधारणसभा पुस २५ गते, २१.०५ प्रतिशत लाभांश दिने



काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै २७ वर्षदेखि अनवरतरुपले वित्तीय सेवा प्रदान गर्र्दै आएको महालक्ष्मी विकास बैंकले अहिलेसम्मकै उच्चदरको लाभांश दिने भएको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गतेका लागि २०औं साधारणसभा बोलाउने निर्णय गरेको छ ।

साधारणसभा आर्मी अफिसर्स क्लब, भद्रकाली, टुंडिखेल, काठमाडौमा हुनेछ । वार्षिक साधारणसभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ । यो लाभांश हालसम्मकै उच्च हो ।

आर्थिक वर्ष २०७७/७८ मा यस विकास बैंकले विभिन्न वित्तीय सूचाकंहरुमा ठूलो फड्को मारिरहेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस बैंकको कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप संकलन ६ प्रतिशतले बढेको छ ।

बैंकको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६३.५७ प्रतिशत र वितरणयोग्य नाफा १४५ प्रतिशतले बढेकै कारण २१.०५२६ प्रतिशतको लाभांश सम्भव भएको कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत् करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिजा इएमी चीप बेस ट्राभल कार्ड र इकमर्श डलर कार्ड जारी गरिसकेको छ । चीप बेस ट्राभल कार्ड र इकमर्श डलर काड जारी गर्ने एकमात्र विकास बैंकः महालक्ष्मी विकास बैंक रहेको छ ।


क्लिकमान्डु