स्वास्थ्य बीमामा उच्च रक्तचापका बिरामीले बढी सेवा लिए



काठमाडौँ । स्वास्थ्य बीमामा उच्च रक्तचापका बिरामीले बढी सेवा लिएका छन् । कार्यक्रममा आवद्ध भएका बीमितमध्ये सेवा लिनेमा उच्च रक्तचापका बीमित बढी देखिएका हुन् ।

बोर्डको तथ्यांकअनुसार हालसम्म उच्च रक्तचाप भएका बिरामीले ९ लाख ६० हजार ३८१ जनाले सेवा लिएका छन् ।

त्यस बाहेक मधुमेह, पेट, ग्यास्ट्रिक, दाँत, नियमित चेकअप, मधुमेह, ज्वरो, धातको दुखाई, टाउकोको दुखाई तथा श्वासप्रश्वासको समस्या भएका बिरामीले धेरै उपचार सेवा लिएको बोर्डको तथ्यांकले देखाएको छ ।

बोर्डको वेभसाइटमा राखिएको तथ्यांकअनुसार ६ लाख ६० हजार ३८१ पेट दुखाईका बिरामीले सेवा लिएका छन् ।

४ लाख ४७ हजार ४०७ जनाले मधुमेहको उपचारसेवा लिएका छन् । यस्तै, २ लाख ७३ हजार जनाले ग्याष्ट्रिकका बिरामीले उपचार सेवा लिएका छन् भने सबैभन्दा थोरै टाउको दुखाईका बिरामीले उपचार सेवा लिएका छन् । बोर्डका अनुसार १ लाख ५५ हजार जनाले सेवा लिएका छन् ।

सेवा लिनेमा ४० देखि ५९ उमेर समुहका बढी

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सबै उमेर समुहका नागरिक सहभागी हुन सक्छन् ।

सहभागीहरुमध्ये धेरै सेवा लिनेमा भने ४० देखि ४९ वर्ष उमेर समुहका रहेको बोर्डको तथ्यांक छ ।

बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सो उमेर सुमहका बीमितले ३२.७ प्रतिशतले सेवा लिएका छन् । यस अवधिसम्ममा यस उमेर समुहका ३६ लाख ५६ हजार जनाले सेवा लिनका लागि दाबी गरेका छन् ।

सबैभन्दा कम १४ वर्ष उमेर समुहकाले कम सेवा लिएका छन् । यस अवधिमा सो उमेर समुहका ९ लाख ६१ हजार जनाले सेवा लिएका छन् ।

६० वर्ष भन्दा माथि उमेर समुहका ३३ लाख १२ हजार जनाले सेवा लिएको बोर्डको तथ्यांक छ ।

३० देखि ३९ उमेर समुहका बीमितले एक लाख ५६ हजार, १५ देखि २९ वर्ष उमेर समुहका बीमितले १६ लाख ८४ हजार जनाले सेवा लिएका छन् ।

२०७२ बाट शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम देशभरका ७६ जिल्लामा विस्तार भएको छ । स्वास्थ्य बीमा बोर्डले काठमाडौं जिल्लामा पनि कार्यक्रम विस्तारको काम अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ ।


क्लिकमान्डु