हिमालयन बैंकको सञ्चालक समितिले इन्भेष्टमेन्टसँग मर्जरमा जाने प्रस्ताव पास गर्यो



काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गरेको छ । आइतबार बेलुका बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गर्दै साधारणसभा बोलाउने निर्णय गरेको छ ।

हिमालयन बैंकलेले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिएको थियो । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई वार्षिक प्रतिवेदन स्वीकृत गर्दा नेपाल इन्भेष्मेन्ट बैंकसँग मर्जरमा गएमात्र पाउने शर्त राखेको थियो ।

हिमालयन बैंकले अब नियमित साधारणसभा र इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नको लागि साधारणसभा बोलाउने छ । नेपाल इन्भेष्टमेन्ट बैंकले भने हिमालयन बैंकसँग मर्जरमा जानको लागि विशेष साधारणसभा बोलाउने छ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानको लागि सञ्चालक समितिले स्वीकृति दिएको र साधारणसभा बोलाउने निर्णय भएको जानकारी दिए ।


क्लिकमान्डु