सेञ्चुरी बैंकले सेयरधनीलाई ६.०५ प्रतिशत लाभांश दिने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

शुक्रबार बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

बैंकको २०७८ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५ सय २ रुपैयाँको ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् कार्यान्वयन हुनेछ ।


क्लिकमान्डु