नेप्से परिसूचक झिनो अंकले घट्दा ४ अर्ब ५८ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले ओरालो लागेको छ । मंगलबार उच्च अंकले वृद्धि भई कारोबार नै बन्द भएको नेप्से आज भने झिनो अंकले ओरालो लागेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.२३ अंकले घटेर २ हजार ४१४.६२ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८९ अंकले ओरालो लागेर ४५९.४१ मा ओर्लिएको छ । कूल २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता सेयर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूह मध्ये ८ उपसमूहको सेयर मूल्य उकालो लाग्दा ५ उपसमूहको सेयर भने ओरालो लागेको छ । बैंकिङ ९.२८, होटल तथा पर्यटन ५३.२८, अन्य ११.०५, लघुवित्त १७.७९ र जीवन बीमा ४३.९८ अंकले घटेको छ ।

यस्तै, व्यापार २९.२३, विकास बैंक ४०.४७, जलविद्युत् ७.५७, वित्त ४६.६२, निर्जीवन बीमा २७.०६, उत्पादन ७.७७, सामूहकि लगानी कोष ०.०१ र लगानी ०.४६ अंकले वृद्धि भएको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही १६ करोड ५८ लाख ६२ हजार मूल्य बराबरको सेयर खरिद बिक्री भयो । नेशनल हाइड्रोपावर १५ करोड ८४ लाख ७२ हजार ५२३, अपि पावर कम्पनी १३ करोड ८८ लाख ९४ हजार १९० बराबरको कारोबार भयो । नेप्सेका अनुसार सिनर्जी पावर ९.९८, दिव्यश्वरी हाइड्रोपावर ७.७८, आँखु खोला जलविद्युत् कम्पनी ७.७४, आइसिएफसी फाइनान्स ६.६१ र वेष्ट फाइनान्सको सेयर मूल्यमा ६.५३ प्रतिशतको वृद्धि भयो ।

त्यस्तै, नयाँ सारथी लघुवित्त ५.३४, जानकी फाइनान्स ३.७७, मञ्जुश्री फाइनान्स ३.४३, एनआइबिएल प्रगति फण्ड ३.२६ र स्वाभिमान लघुवित्तको सेयर मूल्यमा ३.२४ प्रतिशतले ओरालो लाग्यो ।


क्लिकमान्डु