सेबोन अध्यक्ष छनोट समितिमा अर्थमन्त्रालय र योजना आयोगको कुरा बाझियो



काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष छनोट समिति गठन विषयमा अर्थमन्त्रालय र योजना आयोगको भनाई बाझिएको छ ।

अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा जीवनाथ धिताल रहेको जानकारी दिए ।

तर,योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले भने छनोट समिति गठन भएको विषय आफूलाई जानकारी नभएको बताए ।

अर्थमन्त्रालयले भने अनुसारको समितिमा आयोगको तर्फबाट कोहीपनि नरहेको पौडेलले बताए ।

‘एकजना उपसचिव अर्थमन्त्रालयले समिति गठन गर्न लागेको र आयोगबाट सम्बन्धित हेर्ने सदस्यलाई पठाइदिन भनेर अनुरोध गरेको पत्र लिएर आउनु भएको थियो,आयोगले निर्णय गरेको छैन,’पौडेलले भने ।

यसअघि अर्थमन्त्रीले मन्त्रीस्तरको समिति गठन गरेका थिए । जसको संयोजक पौडेलले थिए । माओवादीले भने अनुसारको समिति गठन नभएपछि विवाद निकालेको थियो ।

धितोपत्र बोर्ड ऐनमा अध्यक्ष छनोटको लागि योजना आयोगको सम्बन्धित हेर्ने सदस्य भनिएको छ । जसमा पूँजी बजार सम्बन्धित क्षेत्र उपाध्यक्षले हेर्न सक्छन् । तर,माओवादीले यसअघि रामकुमार फ्युयाल संयोजक रहेको भन्दै पौडेल समितिको संयोजक बनेपछि विवाद गरेका थिए । तर,अर्थमन्त्रीले मन्त्रीपरिषद्ले गर्नुपर्ने समिति आफै बनाएपछि नयाँ समिति गठन गर्नु परेको थियो ।


क्लिकमान्डु