मेगा बैंकको १२.०७ प्रतिशत लाभांश पारित



काठमाडौ । मेगा बैंकको सेयरधनीहरुका लागि बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

मंगलबार सम्पन्न एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफा एवं वितरणयोग्यबाट हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । जसमा बोसन १० प्रतिशत र २.०७ प्रतिशतले नगद लाभांश रहेको छ ।

साधारणसभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।


क्लिकमान्डु