सेयर बजारमा सर्किट लाग्दा ४ दर्जन बढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । मंगलबार सेयर बजार ६.०१ प्रतिशतले साढे दुई घन्टामा नै कारोबार बन्द हुँदा करिब ४ दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रि–ओपनिङमा सुस्त देखिएपनि यो दिन बजारमा धेरै समयपछि सर्किट लागेको छ । सर्किट लाग्दा नबिल ब्यालेन्स फण्ड–३ र कुमारी इक्वीटी फण्डको सेयर मूल्य घटेको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ । यो दिन २२० कम्पनीको कारोबार भएको हो ।

मंगलबारकाे काराेबार बजारमा पुरै हरियाली छाएकाे छ ।


क्लिकमान्डु